• Wednesday, April 23, 2025

अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन : कानुनमन्त्री चौरसिया

काठमाडौँ , कात्तिक ५ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले ल्याउने भनिएका दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यादेश ल्याउनेबारे छलफल गरेका थिए । देउवासँगको छलफलपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकमा अध्यादेश पेस गर्ने तयारी भइरहको चर्चाबिच मन्त्री चौरसियाले केही थाहा नभएको बताएका हुन् ।

‘अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन । प्रधानमन्त्री र गृहमन्त्रीजीले पनि मलाई केही भनेका छैनन् । पार्टी सभापतिजीले पनि केही भन्नु भएको छैन’, मन्त्री चौरसियाले भने । अध्यादेश ल्याउने विषयमा कांग्रेसका महामन्त्री गगन थापाले सोमबार देउवालाई भेटेर चासो व्यक्त गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter