साबुन उत्पादन गरी जीविकोपार्जन

निशा राई / धरान, कात्तिक १३ गते । आफ्नो घर वरपर पाइने बनस्पतिबाट साबुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षीया मनिता घिमिरेले आफ्नोे जीविकोपार्जन गर्दै आउनुभएको छ ।

करिब ७ वर्षअघि काठमाडौंमा विदेशीले सिकाएको साबुन बनाउने तालिममा सहभागी हुँदा त्यसबाट आफूले सिकेको र आफ्नै स्थानीय क्षेत्रमा पाइने वनस्पतिबाट साबुन बनाउन सकिन्छ भन्ने थाहा पाई धरान फर्किएर साबुन बनाउन शुरु गरेको उहाँले बताउनुभयो ।

घरमै साबुन बनाई घरबाट नै बिक्री हुने भएकाले खासगरी महिला दिदीबहिनीका लागि धेरै फाइदा हुने काम भएको उहाँले बताउनुभयो । हाल तितेपाती, गाँजाको पात, चारकोल, निमको पात र महबाट साबुन बनाउँदै गरेको घिमिरेले बताउनुभयो ।

शुरुवाती समयमा भने गाँजरको फेसवास बनाउन शुरु गरे पनि हाल साबुनको माग धेरै रहेकोले साबुन मात्र बनाउने गरेको उहाँले बताउनुभयो । “आफूले गरेको लगानीको ४० प्रतिशत नाफा रहने भएकाले यही पेशाबाट घरखर्चदेखि आफ्नोलागि सबै खर्च गर्न पुगेको उहाँले बताउनुभयो ।

यो साबुनको लागि बिहान फिटेर बनायो भने बेलुका सम्म साबुन तयार हुन्छ भने ३ दिनदेखि ४ दिनसम्म सुक्न समय लाग्ने उहाँको भनाइ छ । आफूले साबुन बनाउन थालेपछि अन्य क्षेत्रहरुमा पनि साबुन बनाउने तालिम दिएको बताउनुभयो ।

हाल एउटा साबुनको मूल्य १ सय ७५ रुपियाँ रहेको उहाँले बताउनुभयो । महको साबुन भने ७० ग्रामको १५० रुपियाँ रहेको बताउनुभयो । उहाँले अनलाइन बाहेक मेला महोत्सवमा पनि स्टल राखी स्थानीय वनस्पतिहरुको साबुन बेच्ने गरेको बताउनुभयो ।

यसबाट घरमै बसेर पनि स्वरोजगार भइने भएकाले सबै स्थानीय तहबाट यसको तालिम दिन सके आफ्नै वरपर भएको वनस्पतिबाट साबुन बनाई धेरै मानिसले जीविकोपार्जन गर्न सक्ने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter