• Wednesday, April 02, 2025

निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, कात्तिक १५ गते । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय ५० रुपियाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter