• Saturday, April 12, 2025

चौधरीको ‘नयाँ वनपाले’ सर्वोत्कृष्ट

काठमाडौँ, कात्तिक २१ गते । नेपाल बाल साहित्य समाजले २०७९ सालको ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ। सर्वोत्कृष्ट कृति मूल्याङ्कन समितिद्वारा गरिएको सिफारिसलाई समाजले सर्वोत्कृष्ट गरेको हो ।

समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कात्तिक २० गते बसेको कार्यसमिति बैठकले इन्द्र चौधरीको ‘नयाँ बनपाले’ लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको जनाएको छ ।

नयाँ बनपाले रुम टु रिडले प्रकाशन गरेको हो। बाल साहित्यकार चौधरीका अन्य बाल कथाहरूमा ढोला फर्कियो त ?, कपासको घोडा रहेका छन्। चौधरीका रानाथारू जातिमा प्रचलित लोककथा तथा मिथक र टिपटिप (रानाथारू लोककथा) पनि प्रकाशित छन्।

समाजले ८ वर्ष माथिका लागि सिर्जना राईको साङ्केनको खुल्दुली ‍(चित्रकथा) सर्वोत्कृष्ट कृति घोषणा गरेको छ। ‍२०७८ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि कवि मित्रलाल पंज्ञानीको नानी र चरी (बालकाव्य) र ८ वर्ष माथिका लागि उपन्यासकार हरि खनालको आमा (बाल उपन्यास) घोषित भएको छ।

त्यसैगरी चित्राङ्कनतर्फ नेबासास सर्वोत्कृष्ट बालपुस्तक चित्राङ्कन पुरस्कार – २०७८ का लागि कलाकार कलाग्रज बिको बाघसँग जम्काभेट (चित्रपुस्तक) र २०७९ का लागि कृषा ताम्राकारको यस्मरी (चित्रपुस्तक) लाई प्रदान गरिने घोषणा गरिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter