विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो


धनुषा, मङ्सिर १ गते । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन् ।

तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिनेछ ।

मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबिचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए । विश्व हिन्दु परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामूहिक विवाहको कार्यक्रम राखिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter