• Saturday, April 12, 2025

चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब, खर्च ४ खर्ब १५ अर्ब


काठमाडौँ , मङ्सिर २ गते । चालु आर्थिक वर्ष २०८१–८२ को साउन–कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ । जुन आम्दानी वार्षिक लक्ष्यको २२।३६ प्रतिशत हो ।

यो आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई प्राप्त भएको हो । चार महिनामा सरकारलाई अनुदान प्राप्त भएको छैन । चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ ।

यही अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ । सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ । यही अवधिमा ३४ अर्ब ५३ करोड १० लाख पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ८७ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter