• Monday, June 09, 2025

उपनिर्वाचनमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग; वडा अध्यक्षमा नेमकिपाले खाता खोल्यो


काठमाडौँ, मङ्सिर १६ गते। निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अहिलेसम्म प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको जनाएको छ।

आइतबार साँझ विज्ञप्ति सार्वजनिक गर्नुहुँदै आयोगका प्रवक्ता नीता पोखरेल अर्यालयका अनुसार स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख ६२ हजार ७९९ मतदाता रहेकोमा हालसम्म प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको हो।

उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभार व्यक्त गरेको छ ।

वडा अध्यक्षमा नेमकिपाले खाता खोल्यो

कालीकोट मङ्सिर १६ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ । मतगणनामा नेपाल मजदुर किसान पार्टीको तर्फवाट उम्मेदवार खड्कराज शाही विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत आन्नदराज पन्तले शाहीले माओवादीका नैशोभा शाहीलाई २८ मतले पछि पार्दै विजयी हुनुभएको जानकारी दिनुभयो ।

शाहीले एक सय ४३ मत प्राप्त गरी विजय हुँदा उहाँका निकट्तम प्रतिद्वन्द्वी माओवादी केन्दका उम्मेदवार नैशोभा शाहीले एक सय १५ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार ऐन वहादुर शाहीले ७८ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेपाली कांग्रेसका पैलवहादुर शाहीले ४९ मत, राप्रपाका गोगनवहादुर शाहीले १७ मत र रास्वपाका गगन बमले पनि ५ मत प्राप्त गर्नुभएको छ । चार मत बदर भएका छन ।

२०७९ सालको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेर माओवादी केन्द्रका परवहादुर शाही विजयी हुनुभएको थियो ।

उहाँको २०७९ साल असोज २३ गतेको बाढीमा परेर मृत्यु भएपछि अध्यक्ष पद रिक्त रहेको थियो । तीन दलसँग पराजित भएको नेपाल मजदुर किसान पार्टीले फेरि आफ्नो विजय निकालेको छ । २०७४ सालको निर्वाचनमा पनि खड्कराज शाहीसहित नेपाल मजदुर किसान पार्टीको पूरै प्यानल विजयी भएको थियाे।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter