एकासी हजार क्विन्टल धान खरिद


काठमाडौँ, मङ्सिर १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ । कम्पनीले छ जिल्लाबाट शनिबारसम्म उक्त परिमाणमा धान खरिद गरेको हो । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ मा ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले हालसम्म छ जिल्लाबाट ८१ हजार क्विन्टल धान खरिद गरिएको र अन्य जिल्लामा खरिद प्रक्रियामै रहेको जानकारी दिनुभयो । तराईमा धान ढिला पाक्ने हुँदा खरिद प्रक्रियासमेत ढिलो हुने गर्छ ।

उहाँका अनुसार कम्पनीले बाँकेको नेपालगन्जबाट मोटा धान दुई हजार ४४७ र मध्यम धान १६ हजार ५९४ क्विन्टल खरिद गरेको छ । यस्तै बर्दियाको राजापुरबाट मोटा धान २९ हजार ३४३ र मध्यम धान एक हजार ३४६ क्विन्टल खरिद गरेको कम्पनीले जनाएको छ । यस्तै कैलालीको धनगढीबाट मोटा धान २७ हजार ९६७ क्विन्टल, महेन्द्रनगरबाट दुई हजार ३३६ क्विन्टल, दाङको तुलसीपुरबाट एक हजार ६३२ क्विन्टल धान खरिद गरेको कम्पनीले जनाएको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार धान खरिद गरेको कम्पनीले जनाएको छ । सरकारले चालु आवका लागि मोटा धान प्रतिक्विन्टल तीन हजार ४१० रुपियाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार ५८० रुपियाँ निर्धारण गरेको छ । सोही मूल्यमा कम्पनीले धान खरिद गरेको हो । किसानबाट धान खरिद गर्नका लागि यस वर्ष दुई अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष कञ्चनपुर जिल्लाबाट एक हजार पाँच सय मेट्रिक टन, कैलालीमा पाँच हजार पाँच सय मेट्रिक टन, बर्दियामा १० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । यस्तै दाङमा आठ हजार मेट्रिक टन, कपिलवस्तुमा दुई हजार मेट्रिक टन, रुपन्देहीमा एक हजार आठ सय मेट्रिक टन, नवलपरासीमा दुई हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ ।

यस्तै चितवनमा एक हजार मेट्रिक टन, मकवानपुरमा एक हजार मेट्रिक टन, पर्सामा चार हजार पाँच सय मेट्रिक टन, बारा र रौतहटमा दुई/दुई हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter