• Wednesday, April 23, 2025

नेपालले वायु गुणस्तर मापन केन्द्रको बिस्तार गरेको छ : वनमन्त्री शाही


काठमाडौं, मंसिर २४ गते । वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल सरकारले वायु मापन केन्द्रहरुको ब्यापक बिस्तारको काम गरेको बताउनु भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताउनुभएको हो ।

साझेदार संस्थाहरुको सहयोगमा बिभिन्न स्थानमा वायु गुणस्तर मापन केन्द्र जडान गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रालय तथा वाताबरण बिभागले वायु प्रदुषण सम्बन्धमा बिभिन्न जनचेतनामुलक कार्यक्रम तथा पैरवी अभियान सञ्चालन गरिरहेको मन्त्रीको भनाइ छ ।

यातायात क्षेत्रबाट हुने प्रदुषण न्यूनीकरणको निम्ति सवारी साधनबाट हुने प्रदुषणसम्बन्धी मापदण्ड मन्त्रालयबाट पुनरावलोकन भइरहेको मन्त्री शाहीले भन्नुभयो, “स्वच्छ उर्जामा स्तरउन्नति गर्नका लागि बिद्युतीय सवारी साधन प्रवर्धन र जलवायु परिर्वतन ब्याबस्थापन लक्षित प्रमुख कार्यहरु समावेश भएका छन् ।”

नेपाल सरकारले बिद्युतीय सवारी साधनको आयातमा कर छुटको ब्याबस्था गरी यातायात क्षेत्रबाट हुने प्रदुषण घटाउन पहल गरेको पनि मन्त्री ठकुरीले बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रमा नेपाल सरकार निजीक्षेत्र तथा दातृ निकायको सहयोगमा बिद्युतीय यातायातका साधन क्रमशः सञ्चालनमा ल्याउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

सौर्य उर्जा र बायोग्यासलाई ग्रामीण क्षेत्रमा प्रवर्धन गरिरहेका छौं, मन्त्रीले भन्नुभयो, “फोहोर ब्याबस्थापन हाम्रो अर्को लक्षित कार्यक्रम हो । खुल्ला रुपमा जलाइने फोहोर वायु प्रदुषणको समस्या गर्नेगर्छ ।”

वाताबरण बिभागले शहरी क्षेत्रमा रहेका उद्योग, आयोजना, अस्पताल, तथा यातायातका साधनहरुमा प्रदुषण मापदण्डको पालनका अनुगमन निरीक्षण गर्ने कार्य गरिरहेको मन्त्री शाहीले वायु प्रदुषण स्थानीय समस्या मात्र नभई अन्तरक्षेत्रीय तथा अन्तर देशीय समस्याको रुपमा देखा परेको बताउनुभयो ।

हरेक बर्ष बढी रहेको वायु प्रदुषणले पारिस्थितिक प्रणाली अर्थतन्त्र मानव स्वास्थ्यलाई असर गरिरहेको मन्त्रीले सुनाउनुभयो । मन्त्री शाहीका अनुसार वायु प्रदुषण सीमित नेपालभित्रको समस्या नभएर दक्षिण एशियाको लागि जल्दोबल्दो चुनौतीका रुपमा देखा परेको बताउनुभयो । विश्वको चर्चित पर्यटनस्थल हाम्रो काठमाडौं उपत्यकामा पनि वायु प्रदुषणमा विश्वको अग्रणी स्थानमा पर्ने गरेको मन्त्रीले बताउनुभयो ।

वाताबरण संरक्षण ऐन २०७६ मा वायु प्रदुषण नियन्त्रणका लागि बिभिन्न प्रावधानहरुको ब्याबस्था गरिरहेको मन्त्रीले भन्नुभयो । नेपाल सरकारले काठमाडौ उपत्यका वायु गुणस्तर ब्याबस्थापन कार्ययोजना २०७६ लागु गरी तीनै तहको सरकारको समन्वयमा बिभिन्न क्षेत्रबाट हुने वायु प्रदुषण नियन्त्रणका लागि बिभिन्न क्रियाकलापहरु तर्जुमा गरी कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter