• Wednesday, April 23, 2025

परराष्ट्रमन्त्री डा‍. देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट


काठमाडौँ, मङ्सिर २७ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ।

बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–युरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो।

नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उहाँहरूबिच कुराकानी भएको थियो। नेपाल र युरोपियन युनियनबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गर्नुभयो। युरोपियन युनियन नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुराउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गर्नुभयो।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. राणाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उहाँलाई गराउनुभएको थियो।

मन्त्री डा. राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरूमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गर्नुभएको थियो।

त्यसैगरी मन्त्री डा. राणाले युरोपेली आकाशमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई आग्रह गर्नुभएको थियो। यसका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उहाँले युरोपियन युनियनको ध्यानाकर्षण गराउनुभएको थियो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter