• Tuesday, May 20, 2025

कोल्ड स्टोर सञ्चालनले किसान उत्साहित


विशाल सुनार / दुल्लु, पुस १० गते। कृषि विकास कार्यालय दैलेखले कोल्ड स्टोरलाई सञ्चालमा ल्याएको छ। जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डारण गर्ने उदेश्यसहित कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएको हो।

कार्यालय परिसरसँग जोडिएको कृषि सामग्री केन्द्रको जीर्ण भवनलाई हटाएर अत्याधुनिक सुविधा सहितको भण्डारण भवन निर्माण गरेर तयार अवस्थामा राखिएको थियो। एक सय ५० मेट्रिकटन क्षमताको तीन वटा चेम्बरसहित कोल्ड स्टोर सञ्चालमा आएको छ।

कोल्ड स्टोर सञ्चालनमा आएपछि सुन्तला राख्नका लागि आउनुभएका दुल्लु नगरपालिका ११ भुँकहाका किसान ठाकुर केसी निकै खुसी हुनुहुन्छ। पाँच सय बढी बिरुवा छन्, तीन सय बढी बिरुवा फलेको छन्। केसी भन्नुहुन्छ, ‘एकै पटक बेच्न कठिन हुने भएकाले भण्डारण गर्न थालेको हो।’ भण्डारणमा एक सय ३० क्यारेटमा करिब तीन हजार केजी भण्डारण गर्नुभएको छ। सुन्तला सिजनमा अति उत्पादन हुँदा मूल्य कम हुने र खेर जाने भएकाले पनि केही महिनापछि मूल्य बढी पाउने आशा जगाएको बताउनुभयो।

त्यस्तै कृषि विषय नै अध्ययन गरेर कृषि कर्ममा लाग्नुभएको भैरवी गाउँपालिका ७ का राजेश कँडेलले करिब दुई क्विन्टल किवी भण्डारण गर्नुभएको छ। किवीको बजारमा माग पनि धेरै छ तर सबै ठाँउमा एकै समयमा फल्न भएकाले पनि मूल्य नपाउने गरेकोमा अब केही महिना मात्र सुरक्षित राख्न सके उच्च मूल्य लिन सकिने बताउनुभयो।

ढिलोद सञ्चालनमा आएको कोल्ड स्टोरबाट सुन्तला र आलु किसानले लाभ लिनेछन्। सुन्तला जस्तै किवी, जुनार, कागती, स्याउ, तरकारी लगायत फलफूललाई भण्डारण गर्न सकिने भएपछि किसानलाई उत्साह थपेको छ। किसानहरूको उत्साहलाई ध्यानमा राखी जति सक्दो छिटो सञ्चालनमा ल्याउँदा किसानले मूल्य पाउने र मनग्य कमाउन सक्ने विश्वाससहित सेवा विस्तार गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले बताउनुभयो।

भावनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको करिब ६० लाखको लागतमा दुई वर्ष अगाडि निर्माण सम्पन्न गरेको थियो भने करिब थप ७९ लाख बराबरको कोल्ड स्टोरको उपकरण जडान गरेर संचालनमा ल्याइएको हो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter