• Monday, May 19, 2025

नसर्ने रोग पहिचान गर्ने निर्देशिका तयार


काठमाडौं, पुस १८ गते । नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गर्ने निर्देशिका तयार भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग जस्तै मधुमेह, रक्तचाप, मिर्गौलासम्बन्धी रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१ सार्वजनिक गरेको हो ।

मन्त्रालयले मधुमहे, उच्चरक्तचाप, शरीरको उचाई र तौलको अनुपातको पहिचान गर्न हरेक वर्ष एक महिना अभियानकै रूपमा प्रारम्भिक पहिचान र नियन्त्रणमा महत्त्वपूर्ण योगदान दिन स्थानीय स्वास्थ्य संस्थामा सामूहिक अभियान सञ्चालन गर्ने निर्देशिका तयार गरेको हो ।

अभियानको उद्देश्य प्रमुख नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा नसर्ने रोगको जोखिमको अवस्था शरीरको उचाई र तौल अनुपातको स्थानिय तहका स्वास्थ्य संस्थामा प्रारम्भिक चरणमै पहिचान गर्ने, राष्ट्रिय प्रादेशक तथा स्थानीय तहमा हाल सञ्चालित कार्यक्रमहरू जस्तै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम, पेन कार्यक्रम समेतको संलग्नतामा अभियानमार्फत रोग पहिचान भएका व्यक्तिहरूको उक्त स्वास्थ्य संस्थामै प्रचलित प्रोटोकलको आधारमा उपचारको व्यवस्था गर्ने प्रोटोकोल अनुसार जटिलता पहिचान भएका बिरामीहरूलाई समन्वयात्मक प्रेषण गर्ने, सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरू जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान, अधिक नुनको प्रयोगलगायतका कमी ल्याउने उदेश्यको स्थानीय समुदायहरूको सहभागितामा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिको राष्ट्रिय अभियान सञ्चालन गर्ने रहेको छ ।

नेपालभित्र बसोवास गर्ने ३० वर्षभन्दा माथि उमेरका सबै व्यक्तिलाई प्रत्यक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरू, आयुर्वेद औषधालय तथा आधारभूत अस्पतालमा अभियान सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।

पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । निर्देशिका अनुसार नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । चिकित्सकका अनुसार बदलिदो जीवनशैली, बढ्दो सहरीकरण, परिवर्तन जनसङ्ख्याको अनुपात जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा झनै बढ्दो क्रममा रहेको छ । मन्त्रालयले गरेको सर्वेक्षण अनुसार चार जना वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने गरेको छ ।

समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिस्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च भइराखेको छ र अल्पायुमानै मृत्यु भइराखेको छ ।

यसका साथै यस्ता अभियानले जनस्तरमा सचेतना फैलाउन र आफ्नो स्वास्थ्यको ख्याल राख्न मद्दत गर्छ । नसर्ने रोगका कारण अल्पायुमा हुने मृत्यु तथा अपाङ्गता कम गरी खर्चमा समेत कमी ल्याउने विश्वास छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter