• Saturday, April 12, 2025

निजामती सेवामा थप सुधार आवश्यक छ : अध्यक्ष रेग्मी


काठमाडौँ, पुस १९ गते । लोकसेवा आयोगले राज्य संरचनामा भएको परिवर्तनका सन्दर्भमा नेपालको निजामती सेवामा थप सुधार र पुनर्संरचना आवश्यक देखिएको सुझाव दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा शुक्रबार उहाँले सो सुझाव दिनुभएको हो ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निजामती कर्मचारीले चुनौतीपूर्ण कार्य गर्न अग्रसर नभएको देखिएको बताउनुभयो ।

अध्यक्ष रेग्मीले भन्नुभयो, “यहाँ कस्तो प्रवृत्ति भइदियो सरकारी सेवामा प्रवेश हुनासाथ शाखा अधिकृतको तयारीमा लाग्ने, उपसचिव हुनासाथ सहसचिवको तयारीमा लाग्ने र त्यहीतिर मात्रै उहाँहरुको कामकारवाही भइसकेपछि जोखिम लिने लगायतका विषय र काम उहाँहरुबाट भएन ।”

उहाँले अनुभव र परिपक्वताको कमीले गर्दा यस्तो भइरहेको धारणा राख्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter