• Saturday, April 12, 2025

आत्मनिर्भर अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला आएको छः प्रचण्ड


काठमाडौँ, पुस २० गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनुभएको छ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरूले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ’, उहाँले भन्नुभयो, ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखा पर्न थालेका छन्। लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ।’

लामो राजनीतिक सङ्घर्ष र ठुलो बलिदानपछि देशमा जनताको व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उहाँले परिवर्तित राजनीतिक व्यवस्थाअनुकुल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताउनुभयो।

सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको स्पष्ट गर्दै उहाँले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताउनुभयो।

अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्त्वपूर्ण राष्ट्रिय एजेन्डाकाे रूपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रूपमा अघि बढाएको बताउनुभयो।

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणसम्म आइपुग्दा हामीले अर्थतन्त्रका रुपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेको जानकारी दिनुभयो।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ लगायत आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरूले अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजना कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको उहाँले बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter