उत्पादन बढे पनि घटेन चामल आयात


काठमाडौँ, पुुस २१ गते । यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुुन सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।

धानको उत्पादन बढ्दा पनि धान र चामल दुवैको आयात पनि बढेको छ । चालुु आव २०८१-८२ को पाँच महिनामा करिब सात अर्ब रुपियाँ बराबरको चामल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुुसार चालुु आवको साउनदेखि मङ्सिरसम्म छ अर्ब ७३ करोड १५ लाख ८२ हजार रुपियाँ बराबरको ७९ हजार ४११ मेट्रिक टन चामल आयात भएको छ । त्यस्तै सोही अवधिमा छ अर्ब ५९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ६३ हजार ७०१ मेट्रिक टन धान आयात भएको छ ।

मुलुकमा माग अनुुसार धानको उत्पादन नहुुँदा बर्सेनि अर्बौं रुपियाँ बराबरको चामल र धान भारतसँगै अन्य मुलुकबाट आयात भइरहेको तथ्याङ्कले देखाएको छ । खेती गर्ने जनशक्ति वैदेशिक रोजगारीमा जाँदा गाउँमा अधिकांश जग्गा जमिनहरू बाँझै हुुन थालेका छन् ।

नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुुुमुुद दुुगडले स्थानीय उत्पादनले माग धान्न नसक्नुुका साथै खानेबानीमा आएको परिवर्तनका कारणले पनि चामल आयात हुने गरेको बताउनुुभयो । मसिनो र बास्नादार चामलको बढ्दो प्रयोगका कारण चामलको आयात बढेको उहाँको भनाइ छ । सरकारी तथ्याङ्कले धानको उत्पादन बढेको देखाए पनि बजारमा मिल सञ्चालनका लागि धान नपाउँदा आयात गर्नुु परेको उहाँले जानकारी दिनुभयो । उपभोक्ताले मसिनो जिरा बास्नादार चामलको उपभोग गर्ने हुुँदा पनि त्यसको आयात धेरै हुने गरेको उहाँको भनाइ छ ।

भन्सार विभागका अनुसार गत आव २०८०-८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन हुुँदा नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपियाँ बराबरको ८८ हजार ७२३ मेट्रिक चामल आयात भएको थियो । सो अवधिमा २० अर्ब ७५ करोड रुपियाँको धान आयात भएको थियो ।

यस्तै आव २०७९-८० मा ४९ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँ बराबरको दुुई लाख ३३ हजार ९७९ मेट्रिक टन चामल आयात भएको थियो ।

त्यसअघि आव २०७८÷७९ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएकोमा ३० अर्ब ५८ करोड २३ लाख ५६ हजार रुपियाँ बराबरको पाँच लाख ७८ हजार ७६३ मेट्रिक टन चामल आयात भएको विभागको तथ्याङ्क छ ।

नेपालमा भियतनाम, थाइल्यान्ड, भारत, चीन, कोरिया, इटाली, भुुटान, ताइवानलगायतका मुलुकबाट चामल आयात हुने गर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter