तीन पटकसम्म बैठकमा अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घर जानसक्ने


काठमाडौँ, पुस २३ गते । ऋणीहरू समूहको बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भएमा मात्रै लघुवित्तका कर्मचारीहरू सम्बन्धित ऋणीको घर वा कार्यस्थल जान पाउने भएका छन्।

राष्ट्र बैंकले जारी गरेको लघुवित्त सञ्चालन मार्गनिर्देशनमा यस्तो व्यवस्था गरिएको हो। त्यस्तै, कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि नअपनाउन निर्देशन गरिएको छ।

कर्जा असुलीको क्रममा ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग गर्न नहुने, अनावश्यक रूपमा फोन गर्न नहुने र ऋणीको परिवार, साथी तथा सहकर्मीलाई अपमान गर्न नहुने मार्गनिर्देशनमा उल्लेख गरेको छ।

ऋणी वा परिवारको सम्पत्ति वा मान प्रतिष्ठामा हानी नोक्सानी पुग्ने गरी हिंसाको धम्की दिन नहुने पनि निर्देशन दिइएको छ।

मार्गनिर्देशन अनुसार संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे/नगरेको, समूह सदस्य स्वयंले ऋण बापत रकम प्राप्त गरे/नगरेको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नुपर्ने भएको छ।

ऋणीले लिएको कर्जा सदुपयोगिताको अनुगमनका लागि लघुवित्त कम्पनीहरूले स्पष्ट जिम्मेवारी तोकिएको ऋण अधिकृत/कर्मचारी नियुक्त गरेर ऋणीसँग निरन्तर सम्पर्कमा रहनु पर्ने भएको छ।

कर्जालाई सही प्रयोजनमा उपयोग नभए यसको लागि ऋणीलाई अभिप्रेरित गर्ने, ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्न निर्देशन दिइएको छ।

ऋणीको आम्दानी तथा व्यवसायको नगद प्रवाहको आधारमा कर्जा भुक्तानी तालिका तयार गरी सम्बन्धित ग्राहकलाई उपलब्ध गराउने, परियोजनानै धितोमा रहने गरी प्रवाह भएको कर्जाको हकमा परियोजनाको बीमा अनिवार्य रूपमा गर्ने व्यवस्था समेत मार्ग निर्देशनमा गरिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter