सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह


काठमाडौँ, पुस २६ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ।

नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपियाँ भुक्तानी भइसकेको जानकारी दिनुभयो।

‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ। तर सरकार र निर्माण व्यवसायी दुवै कानुन अनुसार चल्नुपर्छ’, उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन।’

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीलाई कुल २८ अर्ब ८९ करोड रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिब ६ अर्ब भुक्तानी हुन् बाँकी रहेको र त्यसमा पनि प्रकृयामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिनुभयो।

नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीले सरकारले हालसम्म बिल पेश गरी दाबी गरेको भुक्तानी रकमको ८० प्रतिशतभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई आग्रह गरेका थिए। उनीले करको रकम किस्ता बन्दीमा भुक्तानी हुने व्यवस्था गरिदिन, निर्माण सामग्रीमा आयात छुट दिन, रुग्ण आयोजनामा पूँजी परिचालनको व्यवस्था मिलाइदिन लगायतका अनुरोध गरेका थिए।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter