नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा : अर्थमन्त्री पौडेल


काठमाडौं, पुस २७ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभएको हो । उहाँले यसका असरहरू आर्थिक, सामाजिक एवम् पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रूपमा देखिँदै आएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको औंल्याउनुभयो ।

नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकुलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । आर्थिक वृद्धि इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्नेछ ।’’

अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतीलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनले नेपालको प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवम् अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्यूनीकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।

व्यापार संवद्ध पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी उत्थानशिल बनाउनेतर्फ थप क्रियाशिलता अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो । जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास आवश्यक रहेको बताउनुभयो ।

‘‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । र यसका असरहरू आर्थिक, सामाजिक एवम् पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रूपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो । यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरू गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा समेत निरन्तर आवाज उठाउँदै आएको छ ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको छ । यद्यपि नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकुलनका लागि गरेको प्रयास महत्त्वपूर्ण छन् । ’’

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको दक्षिण एशिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउनुभयो । दक्षिण एशिया क्षेत्र भौगोलिक, आर्थिक एवम् सामाजिक असमानताका हिसाबले विविधतापूर्ण रहेको र जनसङ्ख्याको ठुलो हिस्सा गरिबीको रेखामुनी रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठुलो आर्थिक एवम् सामाजिक विषमता सिर्जना गर्नसक्ने तर्फ सबै सजग हुनुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter