‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्छ’


ललितपुर, पुस २७ गते। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।

उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज यहाँ आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उहाँले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने बताउनुभएको हो।

‘विद्रोहको चरण पार गरेर संविधान र कानुन त लेखियो, अब रोजगारी सिर्जना, कृषिको आधुनिकिकरण, घरेलु उद्योगमार्फत उत्पादन वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ’, डा. भट्टराईले भन्नुभयो, ‘देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास तथा रोजगारी सिर्जना गर्न सकिन्छ।’

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बू, पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले धारणा राख्नुभएको थियो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

UML reminds PM to revise provisions of Cooperative Ordinance

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter