• Sunday, May 18, 2025

पाँच महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड; माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन


काठमाडौँ , पुस २९ गते । पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले मंसिर महिनासम्म सो बराबरको नाफा कमाएका हुन् ।

कात्तिक मसान्तसम्म यस्तो नाफा २२ अर्ब २९ करोड रुपैयाँ थियो । यस अनुसार मंसिर महिनामा मात्रै बैंकहरुले ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको थप नाफा कमाएको देखिन्छ । अघिल्लो वर्षको पाँच महिनामा बैंकहरुले २८ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका थिए । यो आधारमा हेर्दा यस वर्षको नाफा ६.६० प्रतिशत बढी हो ।

यो अवधिसम्म नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले २ अर्ब ८३ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४९ करोड, कुमारी बैंकले १ अर्ब ९९ करोड तथा प्राइम कमर्शियल बैंकले १ अर्ब ९६ करोड, प्राइम कमर्शियल बैंकले १ अर्ब ९४ करोड तथा एनएमबि बैंकले १ अर्ब ९० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् ।

त्यस्तै, प्रभु बैंक १ अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंक १ अर्ब ६४ करोड, नेपाल बैंक १ अर्ब ५१ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ३४ करोड, हिमालयन बैंक १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, सिद्धार्थ बैंक ९७ अर्ब ९० करोड, सानिमा बैंक ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंक ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंक ८२ करोड ७४ लाख, सिटिजन्स बैंक ६९ करोड ४९ लाख, एनआईसी एसिया बैंकले ६ करोड ३३ लाख नाफा कमाउँदा कृषि विकास बैंक ३ करोड ५२ लाख रुपैयाँ नोक्सानमा रहेको देखिन्छ ।

माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन

माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा ७ बैंकले केही घटबढ गरेका हुन् ।

यसरी ब्याजदर घटबढ गर्ने बैंकहरुमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter