• Wednesday, April 23, 2025

राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न गृहमन्त्रीलाई बोलायो राज्यव्यवस्था समितिले


काठमाडौँ, माघ ३ गते। गृहमन्त्री रमेश लेखकलाई छलफल गर्न भन्दै राज्यव्यवस्था समितिले शुक्रबारका लागि बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएर राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफल गर्ने तयारी गरेको हो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार राष्ट्रिय परिचपत्रको नाममा जनताले पाएको सास्तीको विषयमा केन्द्रित रहेर छलफल हुनेछ । उनले बैठक शुक्रबार दिउँसो साढे १२ बजेका लागि बोलाइएको पनि बताए ।

सरकारले सामाजिक सुरक्षा भत्ता लगायत क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जनताबाट समस्यामा परेको गुनासो आएपछि गृहमन्त्रीलाई बोलाएर छलफल गर्न लागिएको उनले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter