• Wednesday, April 23, 2025

‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’


रामेछप / माघ ५ गते। सभामुख देवराज घिमिरेले यस क्षेत्रको पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ।

आज मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखाले आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले जिल्लावासीले राखेका आशा, अपेक्षा र चाहना पूरा गर्न आफू सदैव सकारात्मक रहेको बताउनुभयो। सभामुख घिमिरेले जिल्लाको विकासका लागि स्थानीय तहको पहल नपुगेको भन्दै सर्वप्रथम स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिष्ठान जिल्ला शाखाका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षता एवं सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला अधिवेशनका सम्पन्न भएको हो। सो अवसरमा पञ्चेबाजासहितको र्या‍लीले मन्थलीबजार परिक्रमा गरी स्थानीय तीनलालपार्कमा पुगी सभामा परिणत भएको थियो।

अधिवेशनले नवीन घिमिरेको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ। प्रतिष्ठानको नयाँ कार्यसमितिमा उपाध्यक्षद्वय अञ्जु घिमिरे (महिला) र दामोदर घिमिरे (खुला), सचिवमा सुन्दर घिमिरे र सहसचिव वेदकुमार घिमिरे, कोषाध्यक्षमा सुन्दर घिमिरेका साथै सदस्यहरूमा विनोद घिमिरे, दुर्गाबहादुर घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, सिवजी घिमिरे, डेरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष घिमिरेले राससलाई जानकारी दिनुभयो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter