• Wednesday, April 23, 2025

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद


काठमाडौं, माघ १० गते । विशेष अदालतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएको सम्बन्धी एउटा मुद्दामा सम्बन्धित कर्मचारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले बीपी मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवाका लागि एसएलसी तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका मनसुन नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गरेको हो ।

निज मनसुन नेपालले ०७८ चैत २१ मा बढुवा प्रयोजनका लागि एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेको र ०७९ असोज २८ गते बढुवा भएको इजलासको ठहर छ । निजले पेस गरेको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ‘नट भेरिफाइड’ भनी पत्रअनुसार जानकारी गराएको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

प्रतिवादी मनसुन नेपाललाई विशेष अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम ४०० रुपैयाँ क्षतिपूर्ति बुझाउन समेत आदेश दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter