• Saturday, May 03, 2025

मर्स्याङदीमा आँखा शिविर : १०३ को शल्यक्रिया


नवीनराज कुइँकेल / लमजुङ, माघ १२ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएकोे निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा एक सय तीन जना बिरामीको शल्यक्रिया गरिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको आँखा जाँच शिविरमा नाै सय पाँच जनाले सेवा लिएकोमा एक सय तीन जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको हो । आँखामा विभिन्न समस्या देखिएका दुई सय ३७ जना बिरामीलाई चस्मा वितरण गरिएको मस्र्याङ्दी स्वास्थ्य शाखा प्रमुख लुल घलेले जानकारी दिनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–७, ङादीस्थित भुलभुले स्वास्थ्य चौकीमा आयोजित शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका विशेषज्ञ डाक्टरसहित प्राविधिक टिमले सेवा दिएका थिए । शिविरलाई मुटु फाउन्डेसन काठमाडौं र मनोज एसोसिएसन फ्रान्सले आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।

शिविरमा नेत्ररोग विशेषज्ञ डा. प्रणव श्रेष्ठसहित आठ जना सम्मिलित प्राविधिक टोलीले सेवा दिएका थिए । शल्यक्रिया गरिएका बिरामीहरूको पुनः परीक्षण माघ २५ गते शिविर आयोजना गरिएको स्थलमै हुने वडा ७ का वडाध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका, आँखाको समस्या भएर पनि उपचारका लागि जिल्ला बाहिर जान नसकेका, असाहय नागरिकहरु शिविरबाट लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter