• Wednesday, April 23, 2025

गैँडाको संरक्षणमा हातेमालो गरौँ : वनमन्त्री शाही


चितवन, माघ १२ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैंडाको संरक्षणमा सबैले हातेमालो गर्नु आवश्यक देखिएको बताउनु भएको छ ।

शानिबार सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको निरिक्षण र राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा वनमन्त्री शाहीले विश्वका मुलुकबाट पर्यटकहरु गैंडा अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज सौराहा आउने गरेको हुँदा गैंडा संरक्षण सबैले हातेमालो गर्न जरुरी देखिएको बताउनु भएको हो । नेपालको पहिलो र विश्व सम्पदा क्षेत्रमा सूचीकृत तथा जैविक विविधतामा धनी चितवन राष्ट्रिय निकुञ्ज पर्यटकको उत्कृष्ट रोजाइमा परेको उहाँको भनाइ छ ।

कोषको कार्यालयमा उद्धार गरी ल्याइएको चारवटा गैंडाको बारेमा जानकारी लिँदै उहाँले संरक्षणमा सबै निकाय क्षेत्रका सहभागिता आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारले गैंडा संरक्षणको निम्ति दश वर्षे कार्ययोजना ल्याएको मन्त्री शाहीले भन्नुभयो, ‘‘गैंडा संरक्षणमा आफूले जोड दिनेछु । गैंडा संरक्षणमा मन्त्रालयको एक्लो प्रयासले मात्र नभएर समुदाय पनि सक्रिय भूमिका जरुरी देखिएको उहाँको भनाइ छ । विश्वलाई गैँडाको संख्यामा वृद्धि गर्न सकेको खण्डमा विश्वलाई उपहार दिन सकिने उहाँले जानकारी गराउनु भयो । पछिल्ला वर्षहरुमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको र त्यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री शाहीको भनाइ छ ।

मानव वन्यजन्तुको बासस्थानतर्फ जाने र वन्यजन्तु मानवको बासस्थानतिर आउन थालेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै भएको मन्त्री शाहीले भन्नु भयो दुबै पक्षलाई रोक्न सके द्वन्द्व न्यूनीकरण हुने देखिन्छ । मन्त्री शाहीले भन्नुभयो , ‘‘वन्यजन्तुको आक्रमणबाट घाइते ब्यक्तिलाई निःशुल्क औषधि उपचार र मृत्यु भएका परिवारलाई तत्काल उचित क्षेतिपूर्तिको व्यवस्था मिलाउन मन्त्रायल प्रतिबद्ध रहेको छ । सौराहास्थित कोषको कार्यालयमा एक पोथी र तीनवटा भाले गरि चारवटा गैंडा रहेको प्राविधिक किरण रिजालले बताउनुभयो ।

उक्त गैँडा विभिन्न समयमा उद्धार गरी ल्याइएको उहाँको भनाइ छ । कोषको कार्यालयमा रहेका चारवटा गैंडाको उमेर २९ महिनाको एक पोथी गैंडा र अन्य तीन गैंडाको उमेर १९ महिना र एकको डेढ वर्षको रहेको छ । राष्ट्रिय प्रकृति कोषकासमेत अध्यक्ष रहेका मन्त्री शाहीले गैंडाको संरक्षण तथा समग्र वन्यजन्तुको उद्धार कार्यमा कोषको महत्वपूर्ण र जिम्मेवार पूर्वक काम गरिरहेकोे मन्त्रीले बताउनु भयो ।

सन २०२१ को गैंडा गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैंडा रहेको गैंडा विज्ञ नरेश सुबेदीले बताउनु भयो । कुल गैंडाको संख्यामध्ये चितवनमा मात्रै ६ सय ९४, बर्दियामा ३८, गैंडा शुक्लाफाँटामा १७ गैंडा र पर्सामा ३ वटा गैंडा रहेका सुवेदीको भनाइ छ ।

वनमन्त्री शाहीले चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित नेपालको पहिलो वन्यजन्तु अस्पताल र वन्यन्तु आखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्रको समेत अवलोकन गर्नु भएको छ । मन्त्री शाहीले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त मध्यवर्ती क्षेत्रका पदाधिकारी र स्थानीय सित निकुञ्जको अवस्था समस्या र सुधार गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter