• Monday, May 19, 2025

‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’


काठमाडौँ, माघ १४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभएको छ ।

आज मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव मुनु महावरबिच भएको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार भए पनि व्यापारको आकार बढेअनुरूप निर्यात बढ्न नसकेको बताउनुभएको हो ।

त्यसका लागि नीतिगत रुपमा यसलाई सम्बोधन गर्न सरकारले काम गरिरहेको उहाँले बताउनुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ। मन्त्री भण्डारीले विद्यमान व्यापार सन्धि संशोधनका लागि दुवै देशको सह–सचिवस्तरमा रहेको प्राविधिक समितिको बैठक चाँडै बसेर सो विषय टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

हालै सम्पन्न वाणिज्य सचिवस्तरको अन्तर सरकारी समिति (आइजिसी) बैठकमा ब्यूरो अफ इण्डियन स्टान्डर्ड (बीआईएस) प्रमाणपत्र जारी तथा नवीकरणलगायतका विषयमा प्रगति नभएको नेपाली निर्यातकर्ताको गुनासो प्राप्त भइरहेकाले उक्त समस्या समाधानका लागि मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

भेटमा उहाँले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी मार्चको २ र३ मा काठमाडौँमा हुन गइरहेको नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतका तर्फबाट उच्च तहका पदाधिकारी एवं भारतीय उद्योगी व्यवसायी तथा लगानीकर्ताको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

साथै मन्त्री भण्डारीले नेपाल र भारतबिच खुला सीमाना, भौगोलिक निकटता र जनस्तरको घनिभूत सम्बन्धका कारण दुई देशबिच बलियो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा अतिरिक्त सचिव महावरले भारतले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा भारत सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भेटका क्रममा उठेका विषयलाई सम्बोधन गर्न आफ्नातर्फबाट सम्बद्ध निकायहरुसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटघाटमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीको उपस्थिति रहेको जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter