• Friday, May 23, 2025

जङ्गी अड्डामा बृहत् सैन्य प्रदर्शनी


काठमाडौँ, माघ १५ गते । नेपाली सेना दिवसको अवसरमा सैनिक मुङ्ख्यालय जङ्गी अड्डा भद्रकालीमा बृहत् सैन्य प्रदर्शनी सुरु भएको छ ।

नेपाली सेनाको इतिहास र योगदानसहित निर्वाह गर्दै आएका विविध गतिविधिहरू आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले सैनिक मुख्यालयले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१ सुरु गरेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्किने फोटो, हातहतियार र उपकरणहरूको विशेष प्रदर्शनी गरिएको छ ।

यसै गरी प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाइसेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा, शान्ति स्थापनार्थ नेपाली सेनाको योगदान झल्किने विशेष प्रदर्शनी राखिएको छ ।

विकास निर्माण सम्बन्धि राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था, विपद् व्यवस्थापन सेनाको भूमिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदसँगै राष्ट्रिय सेवा दलले बहन गर्ने जिम्मेवारीसहितको प्रस्तुति समेत प्रदर्शनीमा देख्न सकिन्छ ।

विज्ञान र प्रविधिको विकाससँगै मानिसको जनजीवनमा प्रविधिको प्रयोगबाट हुनसक्ने सहजता बारे सैनिक महाविद्यालय भक्तपुर, रिपुमर्दीनी सैनिक महाविद्यालय बाँसबारीमा कक्षा १२ मा अध्यनरत छात्रछात्राहरूले तयार पारेको प्रविधि र पूर्वीय दर्शन वेदसँगै गणितको विकासबारे विशेष प्रस्तुति प्रदर्शनीका आर्कषण बनेका छन ।

सशस्त्र विद्रोहमा नेपाली सेनाले प्रयोग गरेका हात हतियार, गोलीगट्ठा, बख्तरबन्द तथा बस्दो बस्तीका लागि प्रयोग गरेका हातहतियारसहित प्रदर्शनीमा नेपाली सेनाले विगतको कोभिड–१९ महामारी तथा विगतका प्राकृतिक प्रकोपमा सेनाले प्रयोग गरेका उपकरणहरूको प्रदर्शनी गरिएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने सैनिक मुख्यालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter