• Tuesday, June 10, 2025

वृद्धि भयो हिमाल आरोहण शुल्क


काठमाडौँ, माघ १६ गते । सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको हो ।

उहाँले भन्नुभयो, “सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालको आरोहण अनुमति शुल्क बढाउने निर्णय गरेको छ । यसअघि सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर शुल्क तिर्दै आएकोमा आगामी भदौदेखि भने १५ हजार डलर लाग्ने भएको छ ।”

उचाइ अनुसार अन्य हिमालतर्फको आरोहण शुल्क पनि बढेकाले मन्त्रीपरिषद्ले स्वीकृत गरेको संशोधित नियमावली आगामी ३१ भदौदेखि लागु हुने उहाँले जानकारी दिनुभयो । अब विदेशी नागरिकले सगरमाथा चढ्न करिब २० लाख ६९ हजार रुपियाँ तिर्नुपर्ने छ । यसअघि विदेशी आरोहीले सगरमाथा चढ्न करिब १५ लाख तिर्दै आएका थिए । नेपाली नागरिकले भने सगरमाथा आरोहणका लागि डेढ लाख रुपियाँ राजस्व तिर्नुपर्ने छ । यसअघि नेपाली नागरिकले ७५ हजार रुपियाँ शुल्क तिर्दै आएका थिए ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि अप्रिल–मे महिना सबैभन्दा उत्तम समय मानिन्छ । सेप्टेम्बर–नोभेम्बरको महिना कम आरोहण हुने याममा सात हजार पाँच सय अमेरिकी डलर र डिसेम्बर–फेब्रुअरीको विरलै चढिने यामका लागि तीन हजार ७५० अमेरिकी डलर शुल्क लाग्ने विभागले जनाएको छ ।

दस्तुर कम हुँदा सगरमाथा चढ्ने धेरै हुने र त्यही कारण सगरमाथालगायतका हिमाली क्षेत्रमा फोहोर, प्रदूषण बढ्नुका साथै अत्यधिक भिड लाग्न थालेपछि सरकारले एक दशकपछि हिमाल चढ्दा लाग्ने दस्तुर बढाउन लागेको विभागले जनाएको छ । हिमाल चढ्ने दस्तुरसँगै सरकारले पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारलाई आरोहण कम्पनीले दिने दैनिक भत्ता र बिमालगायतका शुल्कमा पनि वृद्धि गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter