• Wednesday, April 23, 2025

डिभिजन खेल्ने १२ क्लबलाई नगद पुरस्कारसहित सम्मान


ललितपुर, माघ २० गते । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ ।

ललितपुरमा आइतवार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लवलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमेुख चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राईलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । ललितपुरले शीर्ष डिभिजनका पाँच क्लव थ्री स्टार, प्रेण्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लवलाई समान चार लाख रुपियाँ प्रदान गरेको हो ।

विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लव ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए । चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो । चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपियाँ पुरस्कार पाए । बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लव च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपियाँ पाएका हुन् । ललितपुर महानगरले ‘सी’ क्लवलाई भने समान दुई लाख प्रदान गरेको थियो । ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोर्टस्, झम्सीखेल युथ र सानेपा क्लबलाई पनि सम्मान गरिएको थियो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘बी’ डिभिजनबाट शीर्ष डिभिजनमा पुग्ने क्लवलाई २० लाख रुपियाँ दिने बताउनु भयो । उहाँले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गर्नुभयो । फुटबल लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी वर्ष ‘ए’ डिभिजन क्लबमा खेल्ने ललितपुरका एक जना खेलाडीलाई मासिकरूपमा तलवको व्यवस्था गर्ने बताउनु भयो ।

एन्फाका महासचिव किरण राईले संघीय सरकारले मात्र लगानी गरेर खेलकुद र खेलाडीको स्तर विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter