• Saturday, May 03, 2025

सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने; संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय


काठमाडौँ, माघ २३ गते । बिहीबारको प्रतिनिधि सभा बैठकमा संसद्को अधिवेशन नहुँदा सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गर्ने भएको छ । उक्त प्रस्तावमाथि अस्वीकार प्रस्ताव राखेका सांसदहरूमध्येबाट एक जनाले ५ मिनेटमा प्रस्ताव राख्ने र अन्य सांसदले तीन मिनेट आफ्नो धारणा राख्ने सहमति जुटेको छ ।

सभामुख देवराज घिमिरेले ५ दलका सचेतकहरूसँग राखेको छलफल पश्चात् जानकारी दिँदै कानुनमन्त्री अजय चौरासियाले उक्त कुरा बताए ।

साथै भोलिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पनि उनले जानकारी दिए ।

संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले आगामी संसद् बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् । उनले दलको बैठकमा तीन वटा एजेन्डाहरू रहेको र जसमा संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताइन् । उनले पार्टी सभापति रवि लामिछानेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताइन् ।

उनले भनिन्,‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ । संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा, सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौँ ।’

उनले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको उल्लेख गरिन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter