• Wednesday, June 04, 2025

‘स्वास्थ्य बिमा व्यवस्थित गर्न दुई चरणको काम थालिएको छ’


काठमाडौँ, फागुन १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउन दुई चरणमा काम भइसकेको बताउनुभएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताउनुभएको हो ।

गलत अर्थ लगाउने भिडियो क्लिप मात्र भाइरल बनाइयोः सचिवालय

केही दिनअघि एक कार्यक्रममा स्वास्थ्य बिमाको विषयमा मन्त्री पौडेलले बोलेको अभिव्यक्तिमध्ये यसरी सकिँदैन भन्ने क्लिपहरू सञ्चारमाध्यममा भाइरल बनेको छ । मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेर मात्र धारणा बनाउन आग्रह गरेको छ ।

मन्त्री पौडेलको सचिवालयका अनुसार बिमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भइरहेको छ ।

‘‘गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ । सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’’ सचिवालयले भनेको छ ।

मन्त्री पौडेलले अहिलेकै स्थितिबाट यो चल्दैन त्यसैले अब यो हटाउने भन्ने नभई यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरि सक्यौ भनेर मन्त्री पौडेलले भनेको सचिवालयले प्रष्ट पारेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter