नेपाल आउँदा खुसी छु : बुफोन


गाेविन्द रेग्मी / काठमाडौँ, फागुन १८ गते । इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ ।

काठमाडौँमा जारी केपी ओली कप फुटबलको मुख्य पाहुनाको रूपमा बुफोनलाई नेपाल निम्त्याइएको हो । इटालीका महान फुटबलर बुफोनले नेपाल आउन पाउँदा आफू निकै खुसी भएको र सपना पूरा भएको बताउनुभएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बुफोनले आफूलाई नेपाल आउने अवर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।‘‘सुन्दर देश नेपाल आउन पाउँदा उत्साहित भएको छु । आजको दिन म र मेरी श्रीमतीका लागि अवस्मरणीय रहेको छ । केपी ओली कपको फाइनल हेर्नका लागि निकै उत्साहित छु,’’ बुफोनले भन्नुभयो ।

बुफोनलाई आइतबार बिहान केपी ओली कप आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका पदाधिकारीले त्रिभुवन विमान स्थलमा स्वागत गरेका थिए । बुफोन नेपाल आउने विश्व फुटबलकै ठुलामध्येका एक खेलाडी हुनुहुन्छ ।

सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेल्ने बुफोनले इटालीका लागि एक सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले इटालीका लागि मात्र ८० खेलमा कप्तानी गर्नुभएको छ ।

केपी ओली कपको फाइनलमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलका लागि दुवै टोली तयार रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान र प्रशिक्षकले बताएका छन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६:०० बजे सुरु हुनेछ। मच्छिन्द्र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । मच्छिन्द्रले यसअघिको दुवै संस्करण जितेको थियो । यस्तै आर्मी पहिलो पटक केपी ओली कप चुम्ने तयारीमा छ । सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई तथा आर्मीले सङ्कटालाई हराएर फाइनल प्रवेश गरेको हो ।

फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter