• Friday, June 13, 2025

रास्वपाभित्र कुनै गुट–उपगुट छैन, सबै रवि गुट मात्र : अर्याल


बुटवल, चैत २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीभित्र कुनै गुट नभएको दाबी गरेका छन् । रास्वपाको केन्द्रदेखि वडासम्म एउटै गुट भएको जिकिर गर्दै उनले अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने बताएका हुन् । यदि त्यसो गरेमा जनताले सराप दिने उनको भनाई थियो ।

आज रुपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै सभापति अर्यालले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको स्पष्ट पारे । उनले रविलाई ठुला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको भन्दै अर्यालले उनको ठाउँमा आफूले केही समय कार्यवाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको जिकिर गरे ।

उनले भने, ‘हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । उहाँले जुन अभियान लिएर हिँड्नुभयो, त्यसमा हामी सबै एकबद्ध छौँ ।’ उनले पार्टी सभापति अप्ठ्यारोमा परेको बेला पार्टीलाई जोगाउन सबैलाई एक ढिक्का राख्ने जिम्मेवारीमा आएको बताए ।

उनले रविले जनता समस्याहरू उठाउन थालेपछि एकपछि अर्को उचाइ लिएको ठुला दलहरू मन नपरेका कारणले सहकारी मुद्दामा डुलाएको आरोप लगाए । उनले रविलाई जति डुलाए पनि केही फरक नपर्ने बताए ।

उनले युवाहरूलाई विदेश जान बाध्य पार्ने पनि यिनै दलहरू भएको आरोप लगाए । उनले विकास निर्माण सुस्त भएको तथा जनताको समस्याहरू समाधान गर्ने तर्फ दलहरू ध्यान नदिएको उल्लेख गर्दै जनतामा चरम निराश हुने काम सरकारले गरेको बताए ।

उनले बुटवल–नारायणगढ सडक २ वर्ष बन्नु पर्नेमा ८–१० वर्षसम्म ढिलाइ गर्दा त्यसले जनतालाई परेको असरको क्षतिपूर्ति कसले दिने प्रश्न गरे । उनले दलहरू आफैँमा खराब नभए पनि दलको नेतृत्व गर्नेहरूको गलत कामले गर्दा मुलुक अगाडी बढ्न नसकेको बताए ।

अर्यालले रास्वपाले अब जनताको एजेन्डालाई साथ लिएर केन्द्रदेखि वडासम्म काम गर्ने प्रतिबद्धता जनाए । रास्वपा आगामी निर्वाचनमा एउटा ठुलो शक्ति भएर आउने जिकिर गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter