• Friday, June 06, 2025

भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : अध्यक्ष डा. भट्टराई


काठमाडौं, वैशाख १६ गते । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताउनुभएको छ ।

भारत भ्रमण सकेर स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिने बारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको बताउनु भयो ।

उहाँले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरुले बिरोध गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताउनु भयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘भारतमै जस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै बिरुद्धको हो कि भन्ने रहेछ । केही व्यक्तिहरु त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र त्यहाँको मुख्य शक्तिहरुको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन । हुन सक्दैन, त्यसले लाभ गर्दैन भन्नेकुरा नै आयो । हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरु त आइहाल्ने हो कि, भोलि नै आइहाल्ने हो कि भन्नेकुरा सत्य होइन ।’’

उहाँले भारत सरकार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको बताउनु भयो । उहाँले नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरु समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरुसँगको भेटका क्रममा आफूले जानकारी पाएको बताउनु भयो । उहाँले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताउनु भयो । इपिजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महसुस गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाल—भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनैपछि ढंगले अल्झिएर समय खेर फाल्नु हुँदैन । बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ । त्यसका निम्ति इपिजी नै सम्बन्ध राम्रो उपाय थियो । तर त्यो विषयमा बुझ्दा के देखियो भने इपिजीले काम गर्न सकेन भन्नेकुरा त्यहाँको उच्च तहसम्म करिब करिब निर्णय जस्तै भइसकेको रहेछ । इपिजी स्वीकार्य नभएको अवस्थामा त्यसमा किचलो गर्नुको सट्टा अर्को विधि खोज्नुपर्छ भन्ने कुरा आयो । त्यसो हो भने उच्च तहका नेताहरु प्रधानमन्त्री तहमै वार्ता र संवाद हुनुपर्छ भन्ने कुरा गरेको छु । दुवैतर्फबाट एउटा वातावरण बनाउन हामी लाग्नुपर्छ । यसलाई गिजोलेर हामीलाई फाइदा हुँदैन । यो हल नहुँदा हामीलाई नै घाटा बढिरहेको छ । त्यसैले हामीले नै धेरै अन्य कुरा पछि हल गर्ने ढंगले नेपालको अर्थतन्त्रमा परेका असरका विषयहरु, खुला सीमानाले पारेका समस्याका कुराहरु छन् । त्यसमा समाधान दिनुपर्छ ।’’

अध्यक्ष भट्टराईले छिमेकीहरुसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताउनु भयो । प्रतिगामी शक्तिहरुले वितण्डा मच्चाए भन्दैमा फेरि निराश हुनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । आत्मबल बढाएर संघीय लोकतान्त्रिक गणतन्त्र बचाउँदै अघि बढ्नु नै श्रेयस्कर हुने उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter