• Monday, May 19, 2025

दुर्गमकी चेली : भरियादेखि ट्रेकिङ कम्पनीको मालिकसम्म


हरिकृष्ण ऐडी / मुगु, वैशाख १७ गते। पर्यटन व्यवसायी दुर्गा लक्ष्मी रावल, भरिया, पथप्रदर्शक हुँदै पर्यटन क्षेत्रमा युवायुवतीलाई रोजगारी दिन सफल बन्नुभएको छ।

लामो सङ्घर्षको यात्राले गर्दा आज यो ठाउँसम्म आइपुग्न सफल भएको रावल बताउनुहुन्छ। २०४१ सालमा बाबा टोपबहादुर रावल र आमा लाटी रावलको माइली छोरीको रूपमा उहाँको जन्म भएको हो। उहाँ मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–४ भामवडा गाउँमा जन्मनुभएको हो।

छोरीलाई शिक्षा दिने चलन नभएकाले उहाँले जसोतसो भाइसँग नजिकैको सेतीवाडा प्राथामिक विद्यालयमा कक्षा तीनसम्म अध्ययन गर्नुभयो। गाउँ घरको वातावरणले गर्दा पढाइ बिचमै छाड्नुपर्ने अवस्था आयो। आत्मनिर्भर र क्षमता विकास गर्नलाई २०६२ सालमा जुम्लाको प्राविधिक शिक्षालयमा तीन महिने मातृशिशु कार्यकर्ताको तालिम लिनुभयो।

उक्त तालिममा ट्रेकिङ सम्बन्धी जानकारी पाएपछि थप क्षमता विकास र स्वरोजगार हुन २०६३ सालमा दिदीले बाटो खर्च दिएपछि पोखरा जानुभयो। पोखरा पुगेपछि एक महिना ट्रेकिङ सम्बन्धी आधारभूत तालिम लिनुभयो र पहिलोपटक अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङमा भरिया भएर जानुभयो।

उक्त ट्रेकिङमा एक महिला पथप्रदर्शकले नै दुर्गमकी अशिक्षित केटी भनेर ११ दिनको ट्रेकिङ अवधिभरी अपहेलना गरेको उहाँ आज पनि सम्झनुहुन्छ।

ट्रेकिङ जाने क्रममा फेरि अन्नपूर्णमा ट्रेकिङ जाँदा अरू पथप्रदर्शकले नै साथीको जस्तै व्यवहार गरेपछि उहाँमा हौसला बढ्यो। तीन वर्षको मिहिनेतपछि उहाँले पथप्रदर्शकको जिम्मेवारी पाउनुभयो।

त्यसयता, उहाँले लगातार १९ वर्षदेखि पथप्रदर्शक बनेर पर्यटकलाई डुलाउँदै आउनुभएको छ। पछिल्लो चार वर्ष यता नेपालको ग्रामीण क्षेत्रका युवा तथा युवतीले रोजगार पाउन् भन्ने उद्देश्यले दुर्गा फिमेल ट्रेक नेपाल कम्पनी दर्ता गरेर पोखरामा व्यवसाय गर्दै आउनुभएको छ।

उहाँले फिमेल ट्रेकमार्फत् दुर्गमका हिमाली जिल्ला मुगु, हुम्ला, जुम्ला र डोल्पालगायत नयाँ पर्यटन पदमार्गमा पुग्ने योजना बनाउनुभएको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter