• Wednesday, May 21, 2025

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै


काठमाडौँ, वैशाख १८ गते। सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीका अनुसार वैशाख २१ र २२ गते कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १६ स्थित भादा थारु सामुदायिक होमस्टे थारु गाउँमा सञ्चालन हुँदैछ।

उहाँका अनुसार वैशाख २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो कार्यक्रमको उद्घाटन गर्नुहुनेछ।

उहाँले सो कार्यशाला गोष्ठीमा सुदूरपश्चिम प्रदेशभित्र सञ्चालनरत सामुदायिक तथा निजी होमस्टेबाट ७० जना प्रतिनिधिसहित होमस्टेकर्मी, पर्यटन विज्ञ, पर्यटन व्यवसायी र सरोकारवाला गरी झण्डै एक सय जनाको सहभागीता रहने जानकारी दिनुभयो।

उहाँका अनुसार गोष्ठीमा पर्यटन प्रवर्द्धनसँगै सम्बन्धित ‘आन्तरिक सुशासन’ विषयमा पर्यटनविद् डा. अलकबाबु प्रसाई र ‘दीगो होमस्टे पर्यटनको आधार’ विषयमा रैथाने कृषि तथा होमस्टे अभियन्ता एवम् विज्ञ तिलकबहादुर ढकालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।

यसैगरी, कार्यक्रममा राज्यको पर्यटन नीति अनुरुप सञ्चालनमा रहेका होमस्टेहरुमध्येबाट उत्कृष्ट होमस्टेको घोषणा गरिने उहाँको भनाइ छ।

उत्कृष्ट होमस्टेमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिने छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter