मङ्सिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा त्रुटि सच्याउन सकिने

काठमाडौँ, मङ्सिर ४ गते। निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने मिति निर्धारण गरी मङ्सिर ५ गतेसम्म देशभरबाट सङ्कलित मतदातामध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताको नामावली मङ्सिर २० गते आयोगको वेबसाइटबाट प्रकाशित गरिने छ।

उहाँका अनुसार उक्त नामावलीमा कुनै त्रुटि भएमा सो सच्याउन, कसैले झुट्टा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि मङ्सिर २१ देखि २७ गतेसम्म अनलाइन प्रणालीमार्फत वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिने छ।

सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी २०८२ साल पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter