११ वर्षअघिको फोटो शेयर गर्दै रवीन्द्रले रञ्जुलाई दिए बधाई

काठमाडौँ , फागुन २२ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रञ्जु दर्शनालाई बधाई दिएका छन् । प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर १ मा पार्टीको तर्फबाट उम्मेदवार रहेका मिश्रले सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जुलाई बधाई दिएका हुन् ।

उनले ११ वर्षअघिको फोटो फेरि सेयर गर्दै मिश्रले रञ्जुको भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको इमान र दृढता कायम रहोस् भन्ने कामना गरेका हुन् ।

‘प्रिय रञ्जु दर्शनाजी, सम्भवतः मैले १०–११ वर्षअघि तपाईँको यही फोटो शेयर गर्दै तपाईंको प्रशंसा र तपाईँप्रति आशा व्यक्त गरेको थिएँ। आज पुनः त्यही फोटो प्रेषित गरेर तपाईँलाई बधाई तथा शुभकामना दिन चाहन्छु’ उनले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस् !’

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter