रास्वपाको जनलहर सुशासन र समृद्धि पूरा गर्न शान्त विद्रोह : बाबुराम भट्टराई

काठमाडौं, फागुन २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूराका आम जनताको शान्त विद्रोह रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थ्याएका छन् ।

प्रारम्भिक मत परिणाम आइरहँदा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको छ । यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ,’ भट्टराईले उल्लेख गरेका छन् ।

उनले रास्वपालाई बधाई पनि दिएका छन् ।

‘देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना,’ भट्टराईले भनेका छन् ।

वीरेन्द्र बस्नेतले छाडे पार्टी

गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन् ।

पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’

गतिशील लोकतान्त्रिक पार्टी जेजनी आन्दोलनपछि स्थापना भएको हो।

जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटको रूपमा लिएको बताउने उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताउँछन् । तर, अगाडि बढ्न नसकेको उनले बताए ।

उनी लेख्छन्, ‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ– पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।’

आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने उनको प्रतिबद्धता छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter