नौ महिनामा साढे १३ हजार पर्यटकले गरे राराको अवलोकन

राजन रावत / हुम्ला, जेठ २ गते । पर्यटकीय क्षेत्र रारा तालमा पछिल्लो नौ महिनामा साढे १३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले अवलोकन गर्नुभएको छ । रारा घुम्ने सिजन सुरु भएसँगै पहिल्ला दिनमा आन्तरिक पर्यटकहरूको चाप बढेको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार पछिल्लो नौ महिनामा १३ हजार ५४५ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा अवलोकन गरेका छन् । यी पर्यटकहरू हवाई र सडक मार्गबाट रारा जाने गर्दै आउनुभएको छ ।

समुद्री सतहदेखि दुई हजार नौसय मिटर उचाइमा रहेको रारा तालमा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्नेगरेको छ । रारा ताल डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष विष्णुबहादुर रावलका अनुसार एक दिनमा डेढ सयसम्म आन्तरिक पर्यटकहरू अवलोकनका लागि ताल आउने गर्नुभएको छ । उहाँले बाह्यभन्दा आन्तरिक पर्यटकहरूको बढी रोजाई रारा भएको बताउनुभयो ।

अझ सरकारले दुई दिन सार्वजनिक बिदा दिन थालेपछि झन पर्यटकहरूको चाप बढेको छ । काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज, सुर्खेतबाट पनि पर्यटकहरू बस रिजर्भ गरेर आउने गर्नुहुन्छ । यसले रारा क्षेत्रमा स्थापना गरिएका होटलहरू पनि भरिभराउन हुने गरेको छ ।

रारा प्रवेश मार्गबाट ८० वटा घोडाको व्यवस्था गरिएको छ । जसलेगर्दा सो स्थानबाट रारा तालसम्म पर्यटकहरूलाई पुग्न सहज हुनेगरेको अधयक्ष रावलले बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter