राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ, जेठ ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँले शपथ ग्रहण गर्नुभएको हो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।

संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रधानन्यायाधीशको नियुक्ती लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगै कुटनीतिक नियोगका प्रमुख र विशिष्ट कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रधानन्यायाधीश शर्मा पर्सा जिल्लाको वीरगन्जमा वि.सं. २०२७ असार ४ गते जन्मनुभएको हो । उहाँ वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको हो ।

काठमाडौँस्थित नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (बीएल) गर्नुभएका शर्माले भारतको पुणे विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ।

२०५२ सालमा अधिवक्ताका रूपमा अनुमतिपत्र प्राप्त गरी कानुन व्यवसायमा प्रवेश गर्नुभएका शर्माले कानुनका विविध क्षेत्रमा वकालत गर्दै आउनुभएको छ।

उहाँसँग नेपालका विभिन्न जिल्ला र क्षेत्रमा पुगेर जिम्मेवारी सम्हालेको अनुभव छ । उहाँले बुटवल र पाटन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रूपमा समेत जिम्मेवारी वहन गरिसक्नुभएको छ। आफ्नो व्यावसायिक जीवनका क्रममा उहाँले देश तथा विदेशमा आयोजना भएका विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनुभएको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter