त्रिविमा उद्यमशीलता विकास बुटक्याम्प

काठमाडौँ, जेठ १५ गते । त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र र औद्योगिक व्यवसाय विकास प्रतिस्ठानको संयुक्त आयोजनामा उद्यमशीलता विकास बुटक्याम्प तथा व्यवसाय इन्क्युबेसन सेवा कार्यक्रमको आयोजना गरिएको छ ।

१२ देखि १४ जेठसम्म त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित इन्क्युबेसन केन्द्रको हलमा कार्यक्रम आयोजना गरिएको हो ।

देशका विभिन्न क्षेत्रबाट आएका करिब ३० जना नवउद्यमी तथा उद्यमशीलतामा रुचि भएका सहभागीहरूको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकरप्रसाद खनालले विश्वविद्यालय शिक्षालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आजको आवश्यकता भएको बताए ।

युवाहरूलाई रोजगार खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने क्षमतातर्फ उन्मुख गराउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने उनको भनाइ छ ।

कार्यक्रममा प्रतिस्ठानका कार्यवाहक निर्देशक मणिराम गौतमले त्रिभुवन विश्वविद्यालयबीच विकसित सहकार्यले उद्यमशीलता प्रवर्द्धन तथा नवउद्यम विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले व्यावहारिक ज्ञान, सीप तथा मेन्टरिङमार्फत युवा उद्यमीहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

केन्द्रका निर्देशक प्रा. डा. ताराप्रसाद भुसालले केन्द्रको स्थापना, उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै विश्वविद्यालयमा नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको संस्कार विकास गर्नु केन्द्रको प्रमुख लक्ष्य रहेको बताए ।

उनले कार्यक्रमले सहभागीहरूलाई आफ्नो व्यावसायिक अवधारणालाई व्यवहारिक व्यवसाय योजनामा रूपान्तरण गर्न सहयोग पुर्‍याएको उल्लेख गरे ।

त्यसैगरी, उपनिर्देशक डा. प्रमोद पौडेलले उद्यमशीलता विकासका लागि आवश्यक ज्ञान, सिप र नेटवर्किङका अवसर प्रदान गर्न कार्यक्रम केन्द्रित रहेको बताए ।

सहभागीहरूले व्यवसाय योजना निर्माण, बजार विश्लेषण, वित्तीय व्यवस्थापन, व्यवसाय मोडल विकास तथा प्रस्तुतीकरण सिपसम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गरेको जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न क्षेत्रका १२ जना अनुभवी प्रशिक्षक, विशेषज्ञ तथा मेन्टरहरूले उद्यमशीलताका विविध पक्षमा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरेका थिए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter