नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने

काठमाडौँ, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताउनुभएको छ।

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सीमा समस्या हल्ला गरेर वा ढोल बजाएर समाधान नहुने भन्दै यसलाई उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने बताउनुभयो। उहाँले उपयुक्त समयमा कूटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारतसमेत तयार रहेको उल्लेख गर्नुभयो।

सभापति लामिछानेले भन्नुभयो, “कुनै पनि कुरा दुई देशको कूटनीतिक च्यानलमार्फत गराउने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। त्यो विषयमा हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन। तर, ढोल नबजाईकन आफ्नो देशको बारेमा गर्नुपर्ने कुराहरू गर्नुपर्ने ठाउँमा र समयमा शृङ्खलाबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कुनै पनि कामका चरणहरू हुन्छन्, त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ।”

उहाँले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको उल्लेख गर्दै त्यही नै सरकारको आधिकारिक धारणा रहेको बताउनुभयो।

भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको समेत सभापति लामिछानेले जानकारी दिनुभयो। उहाँले दुवै नेता नेपाल भ्रमणका लागि सकारात्मक रहेको उल्लेख गर्दै राजनीतिक दलहरूबीच एक–अर्काको देशमा भ्रमण र निमन्त्रणा आदानप्रदान गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया भएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि नेपाल आउनका लागि निमन्त्रणा गरेको छु। आवश्यकताअनुसार विभिन्न राष्ट्रका राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गर्ने क्रम निरन्तर चलिरहन्छ। दुवै जना अत्यन्त सकारात्मक हुनुहुन्छ। अब दुवैतर्फको समय मिल्यो भने भ्रमण हुन्छ।”

भारतमा रहेका नेपाली नागरिकहरूले भोग्दै आएका समस्याका विषयमा सोधिएको प्रश्नमा लामिछानेले त्यहाँस्थित नेपाली दूतावास र सम्बन्धित संयन्त्रलाई थप चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो। भारतमा रहेका नेपालीहरूका स्वास्थ्योपचार, कागजी प्रक्रिया र दैनिक जनजीवनसँग जोडिएका विविध समस्याहरूलाई सम्बोधन गर्न सरकारी संयन्त्रको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको उहाँको भनाइ छ।

उहाँका अनुसार भर्खरै मात्र सरकार गठन भएकाले तत्कालै सबै समस्यालाई पूर्ण रूपमा सम्बोधन गर्ने क्षमता अभिवृद्धि भइनसके पनि नागरिकका गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न संयन्त्रलाई सक्रिय बनाउने प्रयास भइरहेको छ। प्रवासमा रहेका नेपालीका समस्याहरू लगभग उस्तै प्रकृतिका हुने भए पनि ती समस्या समाधान गर्ने संयन्त्र सक्रिय र चुस्त भएमा पीडालाई उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिने धारणा उहाँले व्यक्त गर्नुभयो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter