बाँझो जमिनको सदुपयोगको विकल्प अकबरे खुर्सानी

स्याङ्जा, जेठ ३० गते । बाँझो जमिन बढ्दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङ्जाको भिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ । परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबरे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आम्दानीसँग जोड्ने कोसिस गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत नौ वटै वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गरिएको हो ।

नगरपालिकाका अनुसार २६ वटा नर्सरीबाट करिब एक लाख चार सय बिरुवा उत्पादन गरी २७० जना किसानलाई वितरण गरिएको छ । ती बिरुवाबाट झन्डै १२५ रोपनी क्षेत्रफलमा खेती विस्तार भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरुवा वितरणमा सीमित नराख्ने दाबी गर्दै आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताए ।

‘अभिमुखीकरण, समूह गठन, बीउ व्यवस्थापन, रोग तथा किराको नियन्त्रण, जैविक विषादी निर्माण र झोलमल बनाउने तालिमसमेत सञ्चालन गरेर अकबरे खुर्सानी खेती सुरु गराएका छौं,’ उनले भने ।

नगरपालिकाले सहजै बजार पाइने, बाँझो जमिनको पनि उपयोग हुने र जंगली जनावरबाट पनि नोक्सानी कम हुने बाली भएकाले अकबरे खुर्सानीमा जोड दिएको उनले बताए ।

‘यसले उत्पादन त हुन्छ नै । त्यसले बजार पनि सहजै पाउँछ,’ उनले भने, ‘किसानले यसबाट कमाउन थालेपछि सहजै आकर्षित हुन्छन् भन्ने हाम्रो बुझाइ छ ।’

एक रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी लगाउने किसानलाई हेफर प्रोजेक्ट नेपाल परियोजनाअन्तर्गत मल्चिङ प्लास्टिकसमेत सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको यो प्रयासबाट किसानहरू पनि हौसिएका छन् । यसले बाँझो जमिनको उपयोगसँगै रोजगारी र आयआर्जन बढाउने लक्ष्यलाई थप बल पुग्ने विश्वास किसानमा जागृत भएको भिरकोट–७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले बताए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter