एपीएफ स्कुलको आर्थिक अनियमितताको हेडक्वार्टरले थाल्यो छानबिन

काठमाडौँ, असार ७ गते । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता भएको दाबीसहित उजुरी परेको छ । विद्यालयको रकम त्यहाँ कार्यरत लेखा प्रमुखले रकम दुरुपयोग गरेको दाबीसहित सूचना पुगेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ ।

एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखिएको भन्ने उजुरी सशस्त्रको हेड्क्वार्टरमा परेको थियो । स्कुलको रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । इन्स्पेक्टर कल्पना गुरुङ एपीएफ स्कुलको लेखामा कार्यरत छिन् ।

एपीएफ स्कुलको आर्थिक अनियमितताबारे छानबिन भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्रबहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने– ‘त्यसबारे कानुन निर्देशनालयले आन्तरिक छानबिन गरिरहेको छ ।’

प्रारम्भिक छानबिन गर्दा विद्यालयको रकम असम्बन्धित व्यक्तिहरू र संस्थाको खातामा गएको भेटिएको छ । सशस्त्रका एक जना उच्च अधिकृतका अनुसार हेडक्वार्टरले ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेको छ ।

सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदादेखि नै एपीएफ स्कुलको लेखामा कार्यरत गुरुङ इन्स्पेक्टरमा बढुवा भएपछि पनि एकै ठाउँमा कार्यरत छिन् । उक्त अनियमिततालाई प्रधान कार्यालयका केही अधिकृतहरूले पनि साथ दिएको आशङ्का गरिएको छ । सो प्रकरणमा कल्याण महाशाखामा कार्यरत लेखापाल (डीएसपी) महेन्द्र हमाल पनि छानबिनको दायरामा छन् । एपीएफ स्कुल कल्याणको बजेटबाट सञ्चालन हुँदै आएको छ ।

विद्यालयमा भएको अनियमितता थाहा भएर पनि डीएसपी महेन्द्र हमाले सङ्गठनलाई जानकारी नदिएर गुपचुप राखेको आरोप छ । २०८२ मङ्सिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप सहित विभिन्न निकायमा उजुरी परेको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter