केसीसीकोे ११ औं म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन सार्वजनिक

काठमाडौँ, असार ७ गते । पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन को ११ औं संस्करण शनिवार केसीसी कलेज हलमा औपचारिक रूपमा विमोचन गरेको छ ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे, विशेष अतिथि केसीसीका अध्यक्ष सुमन कटवाल, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ, रेडियो नेपालका उपनिर्देशक डा.जनार्दन बिष्ट र प्रिन्सिपल राजु कट्टेलद्घारा संयुक्त रूपमा म्यागेजिन विमोचन गरिएको थियो ।

म्यागेजिनको समिक्षा गदौँ डा.जनार्दन बिष्टले म्यागेजिनको विषयवस्तुले सबै क्षेत्रलाई समेटिएको र म्यागेजिनमा रहेको असफलताको कथा विशेष रहेको बताउनुभयो । त्यसैगरी म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठले कक्षामा लिएको ज्ञानले वास्तविक जीवनमा प्रयोग गर्न धेरै सहयोग गरेको बताउनुभयो ।

विशेष अतिथि केसीसीका अध्यक्ष सुमन कटवालले म्यागेजिनले विद्याथीको सोचलाई योजनामा पु¥याउने ज्ञानका विकाश गरेको र नवउद्यम व्यवसाय सुचारुगर्ने बारे राम्रो अनुभव दिएको बताउनुभयो । साथै कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले आजको नवउद्यम सोचभएका विद्याथीले समाज र देशलाई कसरी योगदान गर्न सकिन्छ बारे सोच्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अन्य वक्ताहरूले विद्यार्थीहरूले कक्षा भित्र सिकेका कुराहरू व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरामा म्यागेजिनले सहयोग पु¥याएको बताए । अतिथिहरूले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । केसीसीका प्रिन्सिपल राजु कट्टेलले विद्याथीहरूको सफ्ट स्किल्स विकासमा कलेजले सहयोग गरिरहेको र म्यागेजिनलाई अनुसन्धान मूलक बनाउने र अनलाईनमा लैजाने तयारी भएको बताउनुभयो ।

बि.बि.ए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्याथीलाई मुख्य जिम्मेवारी दिई व्यवस्थापन तथा लेखन शिप बढ्ने अभिप्रायले प्रत्येक वर्ष म्यानेजमेन्ट स्कलरस् म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोख्रेलले बताउनुभयो ।

विश्व विद्यालय अनुदान आयोगद्वारा क्युऐऐ प्राप्त कलेजले सन् २००५ देखि बीबीए कार्यक्रम संचालन गर्दै आएको छ र यो बीबीए अध्ययनमा एक अग्रणी संस्था मानिन्छ । बीबीए २०२१ ब्याचले आयोजना गरेको विमोचन कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक, विभागिय प्रमुख साथै पत्रकारहरूको समेत उपस्थिती थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter