एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ, असार १० गते । सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ ।

स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरादेवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताउनुभयो ।

तीमध्ये ३२७ सङ्घीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तहको सरकारको समन्वयमा नर्स राखिएको छ । ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ मार्फत ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।

“विद्यालय तहमा बालबालिकाको स्वास्थ्य उपचार गर्न नर्सको दरबन्दी सिर्जना गरेर राख्न थालेका छौँ”, निर्देशक निरौलाले भन्नुभयो, “ती नर्सले विद्यालय तहका बालबालिकाको आवश्यकता अनुसार समग्र स्वास्थ्य परीक्षण गर्दछन् ।”

नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए, नआएको जानकारी, रक्तअल्पताको परीक्षणलगायत काम गर्छन् । यस्तै रक्तअल्पता कम भएको अवस्थामा आइरन चक्की खान सुझाव दिने गर्दछन् । यसैगरी ती नर्सले विद्यार्थी विद्यालय नआए किन आएन भनेर अभिभावकसँग पनि जानकारी लिने छन् । यस्तै नर्सले आवश्यकता अनुसार विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने छन् ।

सरकारले आव २०७६-७७ मा विद्यालयमा स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइटल कार्यक्रको रूपमा सुरु सञ्चालन गरेको थियो ।

निर्देशक निरौलाले देशभरिका सवै विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ लागु गर्ने भने पनि आगामी वर्ष बजेट विनियोजन नभएकाले थप विद्यालयमा कार्यक्रम लागु गर्न नसकिने बताउनुभयो ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत नर्सले विद्यालयका एक छात्रा र छात्रलाई स्वास्थ्य राजदूत बनाएर स्वास्थ्य जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गर्ने गर्दछन् । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter