संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश

काठमाडौँ, असार १५ गते । सर्वोच्च अदालतले द‌ृष्टिविहीन नागरिकका लागि नेपालको संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

कानुनका विद्यार्थी विवेक चौधरीसहितले दायर गरेको रिटमा सोमबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानुन किताब व्यवस्था समितिलाई विपक्षी बनाइएको थियो ।

निवेदकहरूले ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने कानुनी सिद्धान्तलाई उल्लेख गर्दै राज्यले आफ्ना नागरिकलाई संविधान र कानुन बुझ्ने समान अवसर प्रदान गर्नुपर्ने जिकिर गरेका थिए ।

राज्यले संविधानलाई विभिन्न मातृभाषामा प्रकाशन गरे पनि दृष्टिविहीनका लागि ब्रेल लिपिमा उपलब्ध नगराउनु उनीहरूको सूचनाको हक र मौलिक अधिकारको उल्लङ्घन भएको जिकिर गरेका थिए ।

नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक दिएको छ। संविधान जस्तो मूल कानुनको जानकारीबाट दृष्टिविहीनलाई वञ्चित गराइएको निवेदकको जिकिर थियो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter