चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा

काठमाडौँ, असार १७ गते । चालु आर्थिक वर्षको असार १७ गतेसम्म २७५ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको तथ्यांकअनुसार २०८२ साउनदेखि २०८३ असार १७ गतेसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।

खरिद अनुगमन कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यका अनुसार चालु आवको अहिलेसम्म कालोसूचीमा परेका कुल कम्पनीमध्ये १० वटा कम्पनी कालोसूचीबाट हटेका छन् ।

यस्तै ३२ वटा कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ । त्यस्तै, कालोसूचीमा पर्ने २७५ मध्ये २२८ सिंगल कम्पनी रहेका छन् भने जोइन्ट भेन्चर ४७ र अदालतमा विचाराधिन ३६ वटा रहेको उनको भनाइ थियो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न सरकारी निकायहरूबाट सिफारिस भए अनुसार ती कम्पनीहरूलाई निश्चित अवधिका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा पर्ने प्रमुख कम्पनीहरू र समय

२०८३ जेठ १३ गते फ्रेन्ड्स कन्स्ट्रक्सन (काठमाडौँ), रिदम कन्स्ट्रक्सन (कैलाली), पञ्च/तारा लक्ष्मी जे.भी लगायतका ११ कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको थियो । यस्तै वैशाख २९ गते पनि भारतीय कम्पनी ’पटेल इन्जिनियरिङ लिमिटेड सहित ४ वटा कम्पनी कारबाहीमा परेका थिए ।

२०८२ माघ र फागुनमा कान्छा राम कन्स्ट्रक्सन कम्पनी, क्यापिटल इन्टरप्राइजेज, श्री श्रीओम अटो ल्युब लगायतका ७ कम्पनी कालोसूचीमा परे । यस्तै माघ १२ गते पनि सेलकम टेक्नोलोजी र विद्या कन्स्ट्रक्सन लगायत ६ कम्पनीलाई कारबाही गरिएको थियो ।

२०८२ असोज र कार्तिकमा पूर्णागिरी निर्माण सेवा, दुर्गा निर्माण सेवा र मनकामना कन्स्ट्रक्सन लगायत १० कम्पनीहरू १ वर्षका लागि कालोसूचीमा परेका थिए ।

२०८२ भदौमा विशाल होम निर्माण सेवा, जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन र सगुन फेब्रिक्स सहित १० कम्पनीलाई कालोसूचीमा राखिएको थियो।

यसैगरी २०८२ चैतमा लोक निर्माण सेवा, सिल्क मार्केट प्रा.लि., ब्रदर्श कन्स्ट्रक्सन र बागती नगरपालिकाको सिफारिसमा धुलिखेल निर्माण सेवा लगायत ८ कम्पनीलाई १ देखि ३ वर्षसम्मको प्रतिबन्ध लगाइएको थियो।

किन परे कालोसूचीमा ?


सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार यी कम्पनीहरू मुख्यतया आयोजना अलपत्र पारेको कारणले धेरै कम्पनीहरु कालोसूचीमा परेका छन् ।

उनीहरुले ठेक्का सम्झौता अनुसार तोकिएको समय सीमाभित्र काम सुरु नगर्ने वा बीचैमा काम छोडेर भाग्ने गरेकाले कालोसूचीमा राखेको छ ।

सम्झौतामा उल्लेखित मापदण्ड अनुसारको निर्माण सामग्री प्रयोग नगर्नु वा गुणस्तरहीन काम गर्नु, सार्वजनिक निकायहरूसँग गरिएको खरिद सम्झौताका शर्तहरू पालना नगर्नु, पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न गर्न नसकेकाले कारबाही स्वरुप कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म (१ वर्षदेखि ३ वर्षसम्म) नेपालभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया वा टेन्डरमा भाग लिन पाउने छैनन् ।

खरिद कार्यालयले सडक विभाग, विभिन्न नगरपालिका र गाउँपालिकाहरू, नेपाली सेना र अन्य सरकारी कार्यालयहरूको सिफारिसमा यो कारबाही गरेको हो ।

सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा छ ।

सो व्यवस्थाअनुसार बोलपत्रदाता, प्रस्तावदाता दरभाउपत्र दाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसाय, संस्था वा कम्पनी र तिनका आधिकारिक व्यक्ति समेतलाई निजको कार्यको गाम्भीर्यताका आधारमा १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ ।

कालोसूचीमा राखेपछि निश्चित अवधिभर नयाँ खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइने व्यवस्था छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter