मन्त्रीपरिषद् बैठकका १० निर्णय; नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म

काठमाडौँ, असार १८ गते । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्नेसहित विभिन्न १० निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका रावललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

बिहीबारको मन्त्रीपरिषद् बैठकले नीतिगत स्वीकृतिका साथै महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्‍मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्‍मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्ताव अनुसार सरकारले नेपाल प्रहरीमा कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गर्ने निर्णय गरेको छ ।

सरकारले पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्ति गरेको छ ।

त्यसैगरी सरकारले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

सरकारले सामाजिक तथा प्रशासनिक सुधारका लागि विभिन्न नियमावली र नीति स्वीकृत गरेको छ । बिहीबारको बैठकबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत भएको हो ।

त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा ‘शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३’ र ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ लाई समेत स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter